ad ad

ग्लोबल


चार महिनादेखि छोरासँग भएको थिएन कुरा, भेट्न जाँदा सडेको अवस्थामा भेटियो शव

चार महिनादेखि छोरासँग भएको थिएन कुरा, भेट्न जाँदा सडेको अवस्थामा भेटियो शव

नेपालखबर
चैत २१, २०७९ मंगलबार १३:४०, काठमाडौँ

ग्रेटर नोएडामा छोरा र पतिबाट अलग बस्दै आएकी सेवानिवृत्त डाक्टरको शव कुहिएको अवस्थामा फेला परेको छ।

सेवानिवृत्त भएपछि ७० वर्षीया अमियाकुमारी सिन्हा छोरा र पतिसँग अलग्गिएर बस्दै आएकी थिइन्। चार महिनायता गाजियाबादमा बस्ने छोरा र बुहारीसँग उनको कुरा भएको थिएन। लामो समयदेखि फोन नआएपछि छोरा र बुहारी आइतबार राति आमालाई भेट्न बीटा-१ स्थित घरमा पुगेका थिए। तर घरमा आमालाई मृत अवस्थामा फेला पारेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले करिब २० दिनअघि उनको मृत्यु भएको आशंका गरेको छ। फरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान गरिरहेको छ ।

करिब तीन दशकअघि ती महिलाको श्रीमानसँगको सम्बन्धविच्छेद भएको थियो। बेटा–२ प्रहरी चौकी इन्चार्ज विनोदकुमार मिश्राका अनुसार मृतक बिहारको स्वास्थ्य विभागमा डाक्टर थिइन्। बेटा–१ सेक्टरमा घर बनाएकी थिइन्।

प्रणव र उनकी श्रीमती गाजियाबादमा काम गर्ने भएकाले त्यहीँस्थित वैशालीमा बस्दै आएका थिए। फोनमै उनीहरूको कुरा हुन्थ्यो। तर लामो समययता फोन पनि नलागेको र उताबाट पनि फोन नआएको छोराले बताएका छन्। आमाले यसअघि पनि रिसाउँदा फोन अफ गरेर बसिदिने गरेको कारण सुरुवाती दिनमा आफूले त्यसलाई सामान्य रूपमा लिएको उनले बताएका छन्।

तर लामो समयसम्म फोन नआएपछि आइतबार राति श्रीमतीसहित आमालाई भेट्न घर गएको र ढोका खोल्दा भित्र शव देखेको उनले बयान दिएका छन्।

प्रहरीले मृतक सिन्हाको मोबाइल बरामद गरेको छ। फोन कहिलेदेखि अफ थियो र अन्तिममा कोसँग कुरा भएको थियो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ।

महिलाको शव खाटमुनि भुइँमा खसेको अवस्थामा भेटिएको थियो। खाटमा झूल पनि टाँगिएको र त्यसको ए किनारमा बिस्तारै खोलेको देखिएकोमा ओछ्यानबाट खसेर वा हार्टअट्याक भएर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रहरीले पोस्टमार्टमको तयारी गरिरहेको छ।

हत्याको कोणबाट पनि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .