ad ad

ग्लोबल


जर्मनीमा बम विष्फोट, प्रहरी र अग्निनियन्त्रक घाइते

जर्मनीमा बम विष्फोट, प्रहरी र अग्निनियन्त्रक घाइते

नेपालखबर
बैशाख २८, २०८० बिहिबार २१:३३, काठमाडौँ

पश्चिमी जर्मनीको एक फ्ल्याटमा बिहीबार भएको विस्फोटनमा परी १२ जना आपतकालीन सेवाका कर्मचारी घाइते भएका छन्।

उत्तरी राइन–वेस्टफालिया राज्यको रेटिङेनमा रहेको अग्लो भवनको अपार्टमेन्टभित्र विस्फोट भएको प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ।

नर्थ राइन वेस्टफालियाका आन्तरिक मामिलामन्त्री हर्बर्ट रेउलले १० जना अग्निनियन्त्रक र दुई जना प्रहरी अधिकारी घाइते भएको बताएका छन्। 

विस्फोट भएको फ्ल्याटबाट ५७ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको र शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बिहीबार बिहान एक व्यक्तिले आपतकालीन सेवालाई घटनास्थलमा बोलाएका थिए।

उनीहरू आइपुगेपछि विस्फोट भएको थियो। 

प्रहरीले ट्वीटरमा घटनास्थलमा ‘ठूलो अपरेशन’ भएको उल्लेख गरेको छ।

बिल्ड दैनिकका अनुसार उक्त शव संदिग्धकी आमाको रहेको बताइएको छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .