ad ad

ग्लोबल


सुडान युद्ध असर : डेढ लाख मानिस इथियोपिया जाने अनुमान

सुडान युद्ध असर : डेढ लाख मानिस इथियोपिया जाने अनुमान

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ७:१८, काठमाडौँ

सुडानबाट एक लाख इथियोपियाली र ३० हजार तेस्रो मुलुकका नागरिक गरी करिब डेढ लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले जनाएको छ। 

सुडानबाट इथियोपिया प्रवेश गर्नेको सङ्ख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म १८ हजार ५०० नाघेको युएनओसीएचएले सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको पछिल्लो स्थिति अद्यावधिक गर्दै जानकारी गराएको छ। 

राष्ट्रसङ्घीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको छ। इथियोपियाले सुडानको अवस्था अप्रिलको मध्यमा सुरु भएदेखि नै सुडानबाट आउने मानिसहरूलाई स्वागत गरिरहेको यूएनओसीएचएले उल्लेख गरेको छ।

'फर्केका तेस्रो मुलुकका नागरिक र सुडानीहरू अम्हारा, बेनिशन्गुल गुमुज र गाम्बेल्लाको क्षेत्रहरूमा इथियोपियासँगको सुडानी सीमामार्फत इथियोपिया प्रवेश गरिरहेका छन्।

तत्कालको सङ्ख्या करिब २० हजारको हाराहारीमा रहेको बताउँदै अधिकारीहरूले कम्तीमा डेढ लाख मानिस द्वन्द्व प्रभावित सुडानबाट इथियोपिया फर्किनसक्ने जनाएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .