ad ad

ग्लोबल


भारतमा आयो शक्तिशाली सामुद्रिक आँधी, गुजरातमा ‘अलर्ट’ जारी

भारतमा आयो शक्तिशाली सामुद्रिक आँधी, गुजरातमा ‘अलर्ट’ जारी

नेपालखबर
जेठ २७, २०८० शनिबार १०:३०, काठमाडौँ

भारतमा बिपरजोय नामक सामुद्रिक आँधी (चक्रवात) शक्तिशाली बन्दै गएको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आगामी २४ घण्टामा उक्त चक्रवात अझै तीव्र हुने देखिएको छ।  

अरब सागरमा आएको यो शक्तिशाली आँधीको असर आज भारतको गुजरातको तटीय क्षेत्रमा देखिएको छ। यसको प्रभावले वलसाडको समुद्री किनारमा शक्तिशाली छाल उठिरहेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार, वलसाडका तहसीलदार टीसी पटेलले तिथल समुद्र तटमा जुन १४ सम्म पर्यटकलाई जान रोक लगाइएको बताएका छन्। 

चक्रवातको प्रभावले जुन १४ सम्म सौराष्ट्र–कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको भारती मौसम विभागले जनाएको छ।

गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुद्रमा  नजान सुझाव दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .