भारतको मध्यप्रदेशमा पर्ने सिधी जिल्लामा एक युवकलाई अमानवीय व्यवहार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा एक व्यक्तिले एक युवकको जिउमा पिसाब फेरिरहेका छन्।
बीबीसी हिन्दीका अनुसार त्यस्तो हर्कत गर्ने व्यक्तिको नाम प्रवेश शुक्ला हो। उनीविरुद्ध एससी/एसटी अधिनियमअन्तर्गत मुद्दा दर्ता भइसकेको छ।
घटनापछि मुद्दा दर्ता गरिएको जानकारी सिधीका एसपी डा. रवीन्द्र बर्माले आधिकारिक ट्विटर ह्यान्डलमार्फत दिएका छन्।
उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा चुरोट पिउने क्रममा एक व्यक्तिको टाउकामा पिसाब गर्ने कुब्रीका निवासी प्रवेश शुक्लाविरुद्ध एससी/एसटी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।
पिसाब फेर्ने व्यक्ति प्रवेश शुक्ला भारतीय जनता पार्टी (भाजपा) का नेता भएको र उनी सिधीका भाजपा विधायक केदारनाथ शुक्लाका पूर्व प्रतिनिधि भएको बताइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
मध्यप्रदेश कांग्रेसका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री कमलनाथले पिसाब गर्ने व्यक्ति भारतीय जनता पार्टीसँग सम्बन्धित रहेको दाबी गरेका छन्।
Shares
प्रतिक्रिया