भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनावका क्रममा अलग अलग स्थानमा भएको हिंसामा कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका छन्।
यो प्रकरणले सन् २०१८ को चुनावमा भएको १० जनाको मृत्युको घटनालाई पनि उछिनेको छ।
सरकारी सूत्रका अनुसार चुनावका क्रममा ठूलो मात्रामा हिंस्रक झडपका साथै आगजनी, बुथ कब्जा र फर्जी मतदानका कयौँ घटना भएका छन्।
चुनाव आयोगको तथ्यांक अनुसार ठूलो संख्यामा हिंसाबीच साँझ ५ बजेसम्म ६६.२८ प्रतिशत मतदान भएको छ।
तर अर्को सूत्रले भने कम्तीमा पनि १५ जनाले ज्यान गुमाएको दाबी गरेको छ।
राज्यका चुनाव आयुक्त राजीव सिन्हाले दिउँसोपछि पत्रकारसँग कुराकानीका क्रममा तीनजनाको मृत्यु पुष्टि गर्दै कानुन व्यवस्थाको जिम्मेवारी प्रशासनको भएको बताए।
चुनावका क्रममा सबैभन्दा ठूलो हिंसा मुर्शिदाबाद जिल्लामा भएको छ। त्यसका अलावा नदिया, कुचबिहार, मालदा, बर्दवान, उत्तर र दक्षिण २४-परगना जिल्लामा हिंस्रक भिडन्तका क्रममा मानिसले ज्यान गुमाए।
यी हिंसाको घटनाका लागि सत्तारूढ तृणमूल कांग्रेस र विपक्षी दललहरुले एक अर्कालाई आरोप लगाएका छन्।
भारतीय जनता पार्टी केन्द्रले यस मामिलाम हस्तक्षेप गर्दै राज्यमा राष्ट्रपति शासन लागू गर्ने माग गरेको छ।
Shares
प्रतिक्रिया