भारतस्थित मध्य प्रदेशको विदिशा जिल्लामा छोरीलाई यौन दुर्व्यवहार गर्ने र आत्महत्या गर्न उक्साउने अभियुक्त रिहा भएपछि एक व्यक्तिले आत्महत्या गरेका छन्।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले घटनाका विषयमा छानबिन गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्।
प्रहरीका अनुसार यी युवतीले ६ जनामाथि यौन दुर्व्यवहारको आरोप लगाएर जेठ २५ गते आत्महत्या गरेकी थिइन्।
उक्त मुद्दामा एकजना अभियुक्त सुदीप ढकालविरुद्ध मुद्दा दर्ता भएको थियो। तर उनी भारतीय जनता पार्टी (भाजपा) सँग सम्बन्धित व्यक्ति भएकाले कारबाही नगरिएको आरोप लगाइएको छ।
बालिकाका बुवाले पनि बिहीबार आत्महत्या गरेपछि विदिशा कोतवाली प्रहरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
नरोत्तम मिश्रले शनिबार यस विषयमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन माग गरिएको बताए। सोही आधारमा थप कारबाही गरिने छ।
यसैबीच बालिकाका बाबुको मृत्युमा दुईजनालाई पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ।
यसअघि मध्य प्रदेशमै भाजपाकै एक नेताले मानिसको जिउमा पिसाब फेरेको प्रकरण सार्वजनिक भएको थियो।
Shares
प्रतिक्रिया