ad ad

ग्लोबल


लद्दाखको सीमानजिकै ठूला सुरुङ बनाउँदै चीन, स्याटेलाइट तस्बिर सार्वजनिक

लद्दाखको सीमानजिकै ठूला सुरुङ बनाउँदै चीन, स्याटेलाइट तस्बिर सार्वजनिक

नेपालखबर
भदौ १३, २०८० बुधबार ११:४०, काठमाडौँ

चीनले विवादित लद्दाखस्थित अक्साई चिन क्षेत्रमा लामो सुरुङ बनाइरहेको दाबी भारतले गरेको छ। 

म्याक्सारको स्याटेलाइट तस्बिरमा यसको खुलासा भएको दाबी भारतको छ। 

देपसाङ्गबाट ६० किलोमिटर पर एक नदीको किनारमा चीनले सुरूङ बनाएको तस्बिर सार्वजनिक भएको हो। यसको प्रयोग चिनियाँ सेना र उनीहरुका हतियार राख्नका लागि प्रयोग गर्न सकिन्छ।

भौगोलिक जासुस विज्ञहरुले तस्बिरका आधारमा बताए अनुसार नदीको दुवैतर्फ ११ पूर्वाधार भेटिएका छन्, जहाँ बङ्कर बनाइँदेछ। 

भारतीय टेलिभिजन एनडीटीभीले म्याक्सारका तस्बिरलाई उद्धृत गर्दै केही महिना अघिदेखि त्यहाँ तीव्र गतिमा संरचना बनाइरहेको जनाएको छ। चीन आफ्ना ठूला हतियार र सैनिकलाई भारततर्फबाट हुन सक्ने एयर स्ट्राइकबाट जोगाउन चाहन्छ। त्यहीकारण पहाडी क्षेत्रमा ठूलो सुरुङ बनाइरहेको हो।

चीनको तर्फबाट नक्सामा भारतीय भूमि आफ्नो बताउँदै सार्वजनिक गरेको नक्सालाई लिएर विवाद भइरहेका भेला यस्तो तस्बिर आएको हो। 

१८ अगस्टको स्याटेलाइट तस्बिरमा उपत्यकाको किनारमा चार नयाँ बंकर बनाइरहेको संकेत मिलेको थियो। यी तीन सुरुङमा पाँच सहायक सुरुङ पनि देखिएका छन्। केही स्थानमा ठूला मेशिन पनि देखिएका छन्। 

उपत्यकाकोबीचमा रहेको एक सडकलाई पहिले नै फराकिलो बनाइएको छ। तस्बिरहरुमा कुनै पनि सिधा आक्रमणबाट जोगिन बंकरको चारैतर्प माटो उठाइएको छ। प्रवेश र निस्किने बाटोमा पक्की पूर्वाधार पनि बनाइएको छ। जसले कुनै पनि बेला हुने बम आक्रमणबाट जोगाउने छ।

स्याटेलाइट इमेजरी विज्ञ डेमियन सायमनले सीमानजिकै अन्डरग्राउन्ड पूर्वाधार बनाएर चीन अक्साई चीनमा भारतीय एयरफोर्सलाई प्रभाव रोक्ने योजनामा रहेको बताए। 

नयाँ नक्सालाई लिएर भारतीय कांग्रेस नेता राहुल गान्धीले बुधवार बिहान भनेका छन्, 'म वर्षौँदैखि भनिरहेको छु हाम्रा प्रधानमन्त्री झुटो बोलिरहेका छन्। चीनले भारतको एक इन्च पनि भूमि नमिचेको दाबी प्रधानमन्त्रीले गर्नु गलत थियो। म लद्दाख पुगेर आएको छु। मोदीले लद्दाखमा एक इन्च जमीन नमिचेको बताएका थिए, तर मैले यो सरासर गलत भएको देखेँ।'

राहुलले पूरा लद्दाखलाई आफ्नो भूमि चीनले मिचेको थाहा भएको पनि बताए। अब नयाँ नक्सा अझै गम्भीर बनाउने गरी आएको उनले बताए। यसबारेमा प्रधानमन्त्रीले केही बोल्नु आवश्यक रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .