भारतको राजधानी नयाँ दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गरेका छन्।
फ्युल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ।
डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास छ।
यस वर्षको अन्त्यसम्ममा दिल्लीमा १५ वटा यस्ता बस सञ्चालन हुने अपेक्षा गरिएको छ।
न्युज एजेन्सी नेपाल
117
Shares
प्रतिक्रिया