माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन्।
राष्ट्रपति चुनावमा निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै उनी विजयी भएका हुन्।
बीबीसीका अनुसार मोहम्मद मुइज्जुले ५४ प्रतिशत मत प्राप्त गरेका छन्।
इब्राहिम मोहम्मद सोलिहले आफ्नो हार स्वीकार गरेका छन्। उनले मुइज्जुलाई चुनाव जितेकामा बधाई दिएका छन्।
मोहम्मद मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए।
सन् १९७८ मा जन्मेका मोहम्मद मोइज्जुले यूकेको लिड्स विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन्।
उनी सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए।
93
Shares
प्रतिक्रिया