ad ad

ग्लोबल


२२ वर्षदेखि भारतमा रहेको अफगानी दूतावास गरियो बन्द

२२ वर्षदेखि भारतमा रहेको अफगानी दूतावास गरियो बन्द

रासस/एएनआई
असोज १४, २०८० आइतबार १४:५७, नयाँदिल्ली

२२ वर्षदेखि भारतको राजधानी दिल्लीमा कार्यरत अफगानी दूतावास आइतबारदेखि बन्द गरिएको छ। अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको  शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ। 

दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत सरकारको असहयोग,  दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्द्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा  दूतावास बन्द गर्नुपरेको’ विज्ञप्तिमा उल्लेख छ। 

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन। त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ।

जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ। 

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .