भारतको मणिपुरमा २ विद्यार्थीको हत्यामा संलग्न आरोपमा सीबीआईले आइतबार ६ जनालाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार तीमध्ये दुई जना नाबालिग छन्। उनीहरुलाई चुराचन्दपुरबाट पक्राउ गरिएको हो।
अनुसन्धान एजेन्सीले सबै वयस्क अभियुक्तलाई आसामको गुवाहाटी लगेको छ। नाबालिगलाई मणिपुरमा नै सोधपुछ भइरहेको छ। राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले यसको पुष्टि गरेका छन्। उनीहरूलाई आफ्नो सरकारले मृत्युदण्ड दिने उनको भनाइ छ।
पक्राउ परेकाहरूमा पाओमिनलुन हाओकिप, एस माल्सा हाओकिप, ल्हिङनेइचोङ बाइट, तिननिखोल, किम्नाइगामे, तिननुफिङ छन्। सेप्टेम्बर २३ मा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई विद्यार्थीको शवको तस्बिर सार्वजनिक भएको थियो, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तस्बिरमा दुवैको शव भुइँमा लडिरहेको देखिन्छ। केटाको टाउको पनि काटिएको छ। तर, दुवैको शव अहिलेसम्म फेला नपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares
प्रतिक्रिया