दक्षिणपूर्वी स्पेनको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
यो घटना मुर्चिया सहरमा भएको हो। स्थानीय समयअनुसार बिहान ६ बजे आगलागी भएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक घटनासँग सम्बन्धित भिडिओमा नाइटक्लब भवनमाथि आगो बलेको र झ्यालबाट धुवाँ निस्किरहेको देखिएको छ। आगलागीको कारण भने अहिलेसम्म पत्ता लागेको छैन।
आगलागी हुँदा नाइट क्लबमा भीड लागेको थियो। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।
36
Shares
प्रतिक्रिया