गाजामा इजरायली हवाई आक्रमणमा परी १९८ जना प्यालेस्टाइनीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
गाजाबाट हमासले गरेको अचानकको आक्रमणबाट हालसम्म करिब ४० इजरायलीको ज्यान गएको बताइएको छ।
त्यस्तै ७ सयभन्दा बढी घाइते भएको इजरायली सञ्चारमाध्यमहरुले बताएका छन्। घाइते हुनेहरुमध्ये सात जना नेपाली रहेको खबर छ।
हमासको आक्रमणपछि बदलाका लागि भन्दै इजरायली सेनाले हवाई आक्रमण सुरु गरेको थियो। जसमा ठूलो संख्यामा प्यालेस्टाइनीहरु मारिएका हुन्।
हमासले इजरायली सैनिकहरु नियन्त्रणमा लिएको दाबी समेत गरेको छ।
105
Shares
प्रतिक्रिया