ad ad

ग्लोबल


हमास आक्रमणले इजरायलको अवस्था भयावह भएपछि भारतले बन्द गर्‍यो उडान

हमास आक्रमणले  इजरायलको अवस्था भयावह भएपछि भारतले बन्द गर्‍यो उडान

हमास आक्रमणले भयावह इजरायल। तस्बिर : रोयटर्स


नेपालखबर
असोज २०, २०८० शनिबार २१:५६, काठमाडौँ

हमासको आक्रमणले इजरायलको अवस्था भयावह भएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार साथै, इजरायलबाट भारत जाने र आउने उडान पनि बन्द गरिएका छन्। 

भारतीय प्रधानमन्त्री मोदीले कठिन समयमा भारत इजरायलका जनताको साथमा रहेको बताएका छन्।

यो खबर लेख्दासम्म हमास आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या ७० पुगेको इजरायलको आपतकालीन सेवा प्रदायकले बताएका छन्।

‘मृतकको संख्या ७० पुगेको छ र सयौँ गम्भीर र सामान्य घाइते भएका छन्’, आपतकालीन स्वास्थ्य सेवाले भनेको छ।

हमासले भने ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीलाई पनि समातेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .