ad ad

ग्लोबल


इजरायलमा हमासको आक्रमण : कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते

इजरायलमा हमासको आक्रमण : कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते

नेपालखबर
असोज २१, २०८० आइतबार ६:३२, काठमाडौँ

इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको छ। 

दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ। 

विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन्।

आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ। 

हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .