ad ad

ग्लोबल


इजरायलमा हमास आक्रमण : रातभर के के भए?

इजरायलमा हमास आक्रमण : रातभर के के भए?

हमासले शनिबार इजरायलमा अप्रत्याशित रुपमा आक्रमण गरेको थियो


नेपालखबर
असोज २१, २०८० आइतबार ८:१९, काठमाडौँ

इजरायलमा हमासले जारी राखेको आक्रमण र इजरायलले गरिरहेको प्रतिकारका कारण स्थिति निकै तनावपूर्ण बनेको छ। पछिल्लो चौबीस घण्टामा घटनाक्रम तीव्र रूपमा परिवर्तन भएका छन्।

ती यस्ता छन्-

–इजरायलमा हमासले गरेको आक्रमणमा २५० जनाको मृत्यु भएको छ भने इजरायलको जवाफी कारबाहीमा २३० जनाको मृत्यु भएको बताइएको छ ।

–इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका सर्वसाधारणलाई आआफ्ना स्थानमा शरण लिन आग्रह गरेको छ। इजरायलले गाजापट्टीमा हमासको स्थानमा आक्रमण गर्ने उद्देश्यले उक्त सूचना जारी गरेको हो।

–इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई कालो दिनको संज्ञा दिँदै ‘ठूलो बदला’ लिने चेतावनी दिएका छन्।

–इजरायली टिभी च्यानल किबुट्ज बेइरीको डाइनिङ हलमा बन्धकहरूलाई उद्धार गरिएको छ।

–हमासका प्रवक्ताले बीबीसीसँग इजरायलविरुद्धको उक्त आक्रमणमा आफ्ना सहयोगी इरानको समर्थन रहेको बताएका छन्।

–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा शान्ति र स्थायित्व कायम गर्न अपिल गरेका छन्। उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग कुराकानी पनि गरेका छन्। साउदी अरेबियाले प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व तत्काल बन्द गर्न अपिल गरेको छ। 

इजरायली रक्षा बल (आईडीएफ) ले आफ्ना सैनिकहरू इजरायलका २२ ठाउँमा अतिवादीहरूसँग लडिरहेको बताएको छ। एक विज्ञप्तिमा सेनाले दुई ठाउँमा बन्धकजस्तो अवस्थाको पुष्टि गरेको छ।

विज्ञप्तिअनुसार अफकिम र बेरीका दुई स्थानमा सुरक्षा बल र चरमपन्थीबीच गोली हानाहान भइरहेको छ। अर्को विज्ञप्तिमा सेनाले इजरायली सैनिकहरूको मृत्युको पुष्टि गरेको छ तर संख्या खुलाएको छैन।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनवार्ता गरेका छन्। 

कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलको साथमा उभिने र पूर्ण समर्थन रहने बताएका छन्। 

इजरायलमा हमासले आक्रमण गरेपछि पश्चिमा राष्ट्रका साथै मध्यपूर्वका देशबाट पनि प्रतिक्रिया आइरहेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .