ad ad

ग्लोबल


इजरायलको आक्रमणपछि गाजा क्षेत्रको अवस्था भयावह

२३० जनाभन्दा बढीको मृत्यु, हजारभन्दा धेरै घाइते
इजरायलको आक्रमणपछि गाजा क्षेत्रको अवस्था भयावह

नेपालखबर
असोज २१, २०८० आइतबार ९:३०, काठमाडौँ

हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा धेरै हवाई हमला गरेको छ।

बीबीसीको समाचारअनुसार इजरायली कारबाहीमा गाजामा बसोबास गर्ने २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारभन्दा बढी घाइते भएका छन्।

इजरायलको सेनाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेका गाजापट्टीका विभिन्न सात क्षेत्रका मानिसलाई आफ्नो घर छाडेर सहरको केन्द्र वा आश्रयस्थलमा जान आग्रह गरेको छ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ठूलो संख्यामा मानिसहरू आफ्नो घर छाडेर संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रय गृहमा बस्न थालेका छन्।

गाजाका बासिन्दाले सामाजिक सञ्जालमार्फत त्यहाँको अवस्था जानकारी गराइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .