इजरायल र हमासबीच जारी युद्धको आज तेस्रो दिन हो। बीबीसीको रिपोर्टअनुसार हालसम्म १००० इजरायलीको मृत्यु भइसकेको छ भने २१०० जना घाइते भएका छन्।
इजरायलबाट गाजामा हवाई आक्रमण जारी छ। यसमा हालसम्म ४१३ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्।
इजरायलले गाजापट्टीमा हमासका ४२६ वटा स्थान ध्वस्त पारेको छ। योसँगै उसले २९ भन्दा बढी क्षेत्र हमास लडाकुको नियन्त्रणबाट मुक्त गरेको छ। हमासले इजरायलबाट १६३ जनालाई अपहरण गरेको दाबी गरेको छ। जसमा सैनिक, महिला, बालबालिका र वृद्धवृद्धा छन्।
हमासले उनीहरूलाई गाजापट्टीसँग जोडिएको सुरुङमा राखेको छ। उसले यी बन्धकलाई मानव ढालका रूपमा प्रयोग गर्नेछ, ताकि इजरायलले आक्रमण गर्यो भने आफ्नै मानिस मारिनेछन्।
यसैबीच, अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले इजरायललाई नौसेना जहाज र लडाकु विमानबाट सहयोग गर्ने कुरा गरेका छन्।
उक्त द्वन्द्वमा परी इजरायलमा रहेका १० नेपालीको पनि निधन भएको छ।
Shares
प्रतिक्रिया