संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको स्पष्टीकरण दिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मिसनले आइतबार विज्ञप्ति जारी गरी भनेको छ– हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौँ तर, प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौँ, यो कारबाही प्यालेस्टाइनका तर्फबाट मात्रै गरिएको हो।’
यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको दाबी गरेको थियो। हमासले इरानले आफूलाई वर्षौंदेखि हमासलाई समर्थन गरिरहेको र लडाकुहरूलाई हतियार र तालिम प्रदान दिइरहेको बताएको थियो। इरानको सहयोगले नै आफूले इजरायलमा आक्रमण गरेको बताएको थियो।
तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौँ, जसका आधारमा यो आक्रमणको निर्देशन इरानले गरिरहेको छ वा यसको पछाडि इरानको हात छ भनेर भन्न सकियोस्।’
Shares
प्रतिक्रिया