शनिबारयता इजरायलले गाजापट्टीमा ६ हजार बम खसाएको छ। इजरायली सेनाले सामाजिक सञ्जालमार्फत ६ दिनमा ६ हजार बम खसाएको जानकारी दिएको हो।
ती बमको जम्मा तौल ४ हजार टन रहेको बताइएको छ।
शनिबार प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायलभित्र पसेर घातक हमला गरेपछि इजरायलले निरन्तर गाजामा बमबारी गरिरहेको छ।
जसबाट गाजामा १ हजार ४१७ जनाको ज्यान गएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन्।
मारिनेमध्ये आधाजति बालबालिका र महिलाहरु रहेको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
गाजाका अस्पतालहरु मुर्दाघरमा परिणत हुने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन्। नाकाबन्दीका कारण औषधिदेखि खानेपानीसम्म अभाव हुन थालेको बताइएको छ। एजेन्सी
105
Shares
प्रतिक्रिया