पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ।
अझैसम्म उद्धार कार्य जारी छ। अफगानिस्तानका अधिकारीहरूले भूकम्प प्रभावित पश्चिमी प्रान्तहरू, मुख्यतया हेरातमा मर्नेहरूको संख्या २४ सय नाघेको बताए। सो क्षेत्रमा आवासका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।
सो क्षेत्रका घर पुनः निर्माण गर्न करिव दुई महिना लाग्ने बताइएको छ। उनीहरू अहिले त्रिपाल मुनि बसिरहेका छन्। अहिलेसम्म भूकम्पको पराकम्प जारी छ। (सिन्ह्वा)
84
Shares
प्रतिक्रिया