आगरानजिक भारतीय रेलवेको पातालकोट एक्सप्रेसका दुईवटा बोगीमा आगलागी भएको छ।
आगराका प्रहरी अधिकारीका अनुसार यस दुर्घटनामा दुई जना जलेर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। यो ट्रेन पन्जाबको फिरोजपुर र मध्य प्रदेशको सिओनी बीच चल्छ।
आगरा र ढोलपुर स्टेसनबीच आगलागी भएको थियो।
आगराका डीसीपी पश्चिमले भने, ‘पातालकोट एक्सप्रेसका दुईवटा बोगीमा आगो लागेको सूचना आज प्राप्त भएको छ। तत्कालै त्यहाँ प्रहरी टोली पठाइएको थियो र आगो निभाउन पाँचवटा दमकल खटाइएको थियो।’
उनले भने, ‘सबै यात्रुलाई सकुशल निकालिएको छ। दुई जना यात्रु घाइते भएका छन् र अस्पताल लगिएको छ।’
आगलागीको कारणबारे अनुसन्धान भइरहेको डीएसपीले बताए। अनुसन्धानका लागि फरेन्सिक टोली पनि पठाइएको छ।
आगरा प्रहरीले आगलागी भएको बोगीको भिडिओ पनि सार्वजनिक गरेको छ।
हेर्नुहोस्-
— POLICE COMMISSIONERATE AGRA (@agrapolice) October 25, 2023
897
Shares
प्रतिक्रिया