ad ad

ग्लोबल


पूर्वप्रधानमन्त्री क्यामरुन बने बेलायती विदेशमन्त्री, गृहमन्त्री ब्रेभरम्यान बर्खास्त

पूर्वप्रधानमन्त्री क्यामरुन बने बेलायती विदेशमन्त्री, गृहमन्त्री ब्रेभरम्यान बर्खास्त

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १९:३,

बेलायती प्रधानमन्त्री ऋषि सुनकले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले पूर्वप्रधानमन्त्री डेविड क्यामरुनलाई विदेशमन्त्री नियक्त गरेका छन्।

क्यामरुन सन् २०१० देखि २०१६ सम्म सत्तामा थिए। सात वर्षको विश्रामपछि उनी सक्रिय राजनीतिमा फर्केका हुन्। 

उनले आह्वानको ब्रेक्जिटसम्बन्धी जनमतसंग्रहमा युरोप छाड्ने पक्षले बढी मत प्राप्त गरेपछि उनले राजीनामा दिएका थिए।

क्यामरुनले विदेशमन्त्री बन्ने सुनकको प्रस्ताव आफूले ‘खुसीसाथ स्वीकार गरेको’ बताएका छन्। तर, केही विषयमा सुनकसँग उनको मतभेद रहेको पनि उनले स्विकारेका छन्।

यसअघिका विदेशमन्त्री रहेका जेम्स क्लेभर्लीलाई भने उनले गृहमन्त्री बनाएका छन्। गृहमन्त्री रहेकी सुएला ब्रेभरम्यानलाई सुनकले बर्खास्त गरेका छन्।

वातावरणमन्त्री टरिसा कोभीले पनि पद छाडेकी छन्।

यो पुनर्गठनले आगामी चुनावमा कन्जरभेटिव पार्टीलाई केही बलियो बनाउने अपेक्षा गरिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .