पञ्जाबको कपुरथलामा निहाङ सिखहरूको समूहले चलाएको गोली लागेर एक प्रहरीको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन्।
अधिकारीहरूका अनुसार यी प्रहरीहरू एक मुद्दामा केही निहाङ सिखहरूलाई पक्राउ गर्न पुगेका थिए।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै कपुरथला एसपी तेजवीर सिंह हन्डलले भने– प्रहरी सडकमा उभिरहेकाबेला गोली हानियो।
उनले घटनास्थलमा उच्च अधिकारी पुगेको र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए।
निहाङ सिखहरू मूलतः अकाली निहाङ भनेर चिनिन्छन्। उनीहरू १०औँ सिख गुरु गोविन्द सिंहको ‘खालसा पंथ’ सँग सम्बन्धित छन्।
288
Shares
प्रतिक्रिया