ad ad

ग्लोबल


वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच झडप

वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच झडप

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार २१:५९, काठमाडौँ

वेस्ट बैंकको रामल्लाहनजिकै बेतुनिया चेकपोस्ट छेउ सडकमा इजरायली सेना र प्यालेस्टिनीबीच झडप भएको छ।

बीबीसीका अनुसार यो त्यही ठाउँ हो, जहाँ इजरायली जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरिने भएको छ।

प्यालेस्टिनीहरूको समूहलाई भगाउन इजरायली सेनाले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो।

अर्कातर्फ प्यालेस्टिनीहरूले पनि सेनालाई ढुंगा र अश्रुग्यास प्रहार गरेका छन्।

प्यालेस्टाइनमा कैदीका परिवार आफ्ना मानिस लिन त्यहाँ पुगेका छन्। तर त्यहाँ धेरै तनाव भएको छ। 

इजरायल र हमासबीच आजदेखि चार दिका लागि युद्धविराम गरिएको छ। 

टाइम्स अफ इजरायलका अनुसार इजरायलले गाजामा आज बिहान ७ बजे (स्थानीय समय) देखि आक्रमण रोकेको छ। 

युद्धविराम भएसँगै सम्झाैताअनुसार हमासले बन्धक रिहा गर्न थालेको छ। 

आज पहिलो दिन हमासले १३ इजरायली र १२ थाई नागरिक गरी २५ बन्धकलाई छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सट्टामा इजरायलले पनि आफ्ना जेलमा रहेका १५० प्यालेस्टिनी रिहा गर्ने सहमति भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .