दक्षिण पोल्याण्डको कोइला खानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दक्षिण पोल्याण्डको सिलेसिया प्रान्तमा भएको कोइला खानी दुर्घटनामा परी चार जनाको मृत्यु भएको राज्य खानी प्राधिकरण (डब्ल्यूयूजी) ले जनाएको छ।
दुर्घटना बुधबार दिउँसो ३ः३० बजे भएको हो। पाइपलाइनमा पानी भर्ने क्रममा अनियन्त्रित भई भत्किँदा घटनास्थलमा नै तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको हो।
खानीको स्वामित्त्वमा रहेको टोरोन वाइडोबिसी कम्पनीले चार कामदारको मृत्यु भएको पुष्टि गरेको छ। कम्पनीले विज्ञप्ति जारी गरी राति ८ः३५ बजे उद्धार कार्य सम्पन्न भएको जनाएको छ।
दुर्घटनाको कारणबारे अभियोजनकर्ता र सर्वोच्च खनन प्राधिकरणद्वारा अनुसन्धान भइरहेको छ। -सिन्ह्वा
57
Shares
प्रतिक्रिया