ad ad

ग्लोबल


इजरायलले युद्धविरामका वार्ताकारहरूलाई भन्यो– कतारबाट फर्क

इजरायलले युद्धविरामका वार्ताकारहरूलाई भन्यो– कतारबाट फर्क

नेपालखबर
मंसिर १७, २०८० आइतबार ७:५३, काठमाडौँ

युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छाड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ- मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन्।

अगाडि भनिएको छ- आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन। यसमा हमासलाई दिइएको सूचीनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि पर्छ।

कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गरिरहेको छ।

हालसालै, यसले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुईपटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .