भारतमा राजपूत करणी सेना प्रमुख सुखदेव सिंह गोगामेडी हत्याको विरोधमा आज (बुधबार) राजस्थान राज्य बन्द घोषणा गरिएको छ।
राजस्थानको जयपुरमा मंगलबार करणी सेना प्रमुख गोगामेडीको गोली हानी हत्या भएको थियो।
सोको विरोधमा राजपूत समुदायले आज राजस्थान राज्यमा बन्द घोषणा गरेका हुने। राज्यका धेरै जिल्लामा बन्दको समर्थन भइरहेको बीबीसी हिन्दीले जनाएको छ।
हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै राजपुत समुदायले राज्य बन्दको घोषणा गरेका हुन्। बन्दका क्रममा हिंसात्मक गतिविधि हुनसक्ने भएकाले प्रहरीले अलर्ट जारी गर्दै राज्यका हरेक क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ।
राजपूत करणी सेनाका प्रमुख सुखदेव सिंह गोगामेडीको मंगलबार दिउँसो जयपुरमा गोली हानी हत्या गरिएको थियो । उनलाई भेट्ने बहानामा श्यामनगर इलाकामा रहेको उनको घरमा आएका तीन आक्रमणकारीले उनीमाथि उनको बैठक कोठामा गोली हानेका थिए ।
Shares
प्रतिक्रिया