ad ad

ग्लोबल


माग पूरा नभए बन्धक जिउँदो नछाड्ने हमासको धम्की

माग पूरा नभए बन्धक जिउँदो नछाड्ने हमासको धम्की

नेपालखबर
मंसिर २५, २०८० सोमबार १६:१८,

हमासले आफ्ना माग पूरा नभए कोही पनि बन्धकलाई जिउँदो नछाड्ने चेतावनी दिएको छ। 

गाजामा हमासको कब्जामा अझै १३८ जना बन्धक छन्। जसमा नेपाली विपिन जोशी पनि छन्।

इजरायलको आक्रमणबाट गाजामा हालसम्म १८ हजार बढीको ज्यान गइसकेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासको अन्त्य नजिक आइसकेको भन्दै आत्मसमर्पण गर्न भनेका छन्। 

‘म हमास आतंककारीहरुलाई भन्छु– सब सकियो। सिनबर (हमास प्रमुख याया सिनबर) का लागि नमर। आत्मसमर्पण गर, अहिल्यै,’ नेतन्याहुले भने।

तर, हमासका प्रवक्ता अबु ओबेडियाले संवाद र कैदी साटफेरबिना बन्धक नबच्ने धम्की दिएका छन्।

‘साटफेर, लेनदेन र प्रतिरोधको सर्त पूरा नगरी न त फासीवादी दुश्मन र उसको घमण्डी नेतृत्व, न त तिनका समर्थकले नै आफ्ना कैदी जिउँदै फिर्ता लिन पाउनेछन्,’ ओबेडियाले भनेका छन्।

मध्यस्थता गरिरहेको कतारले भने युद्धविरामको सम्भावना क्षीण हुँदै गए पनि दुवै पक्षलाई दबाब दिइरहेको छ।

नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .