ad ad

ग्लोबल


हमास–इजरायल युद्ध कहिलेसम्म? यसो भन्छन् इजरायली सेनाका पूर्वउपकमान्डर

हमास–इजरायल युद्ध कहिलेसम्म? यसो भन्छन् इजरायली सेनाका पूर्वउपकमान्डर

नेपालखबर
मंसिर २५, २०८० सोमबार २०:५६, काठमाडौँ

इजरायली सेनाका पूर्व उपकमान्डरले इजरायल र हमासबीचको युद्ध अझै दुई महिना जारी रहने अनुमान गरेका छन्। उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको दाबी पनि गरेका छन्। 

गाजा डिभिजनका रिटायर्ड डेपुटी कमान्डर अमिर अभिभीले बीबीसी न्युज आवरसँग भनेका छन्, ‘हामी अहिले गम्भीर मोडमा छौँ। धेरै आतंकवादी आत्मसमर्पण गर्दै छन्।’

उनले थपे, ‘एक वा दुई हप्ताभित्र आईडीएफ (इजरायली सुरक्षा फौज) ले गाजापट्टीको उत्तरी भाग पूर्ण रूपमा नियन्त्रण गर्नेछ।’

सेवानिवृत्त डेपुटी कमान्डरले अगाडि भने, ‘यो एकदमै घना बसोबास भएको क्षेत्र हो। यो हमासको गढ हो तर भौगोलिक रूपमा यो गाजापट्टीको २० प्रतिशत मात्र हो। तर यो महत्त्वपूर्ण सफलता हो।’

खान युनिसनजिकै भारी लडाइँ जारी रहेको अभिभिले बताएका छन्।

अभियानका बारेमा उनले भने, ‘इजरायलले गाजालाई हमासबाट मुक्त गराउँदै छ।’

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो। त्यसयता इजरायलले हमासविरुद्ध गाजामा लगातार बमबारी गरिरहेको छ।

यसबीच सात दिन युद्धविराम गरिए पनि पुनः लडाइँ सुरु गरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .