अमेरिकामा १८ जनालाई गोली हानी हत्या गर्ने व्यक्तिको मगज जाँच गरिएको छ। सैन्य सेवामा हुँदा विस्फोटका कारण मस्तिष्कमा चोट परेको हुन सक्ने भन्दै त्यसको परीक्षण थालिएको हो।
२५ अक्टोबरमा ४० वर्षीय रोबर्ट कार्डले मेन राज्यको लुइस्टनस्थित एक बारमा गोली चलाउँदा १८ जनाको ज्यान गएको थियो।
तीन दिनको खोजीपछि कार्ड मृत फेला परेका थिए।
उनी यूएस आर्मी रिजर्भमा थिए। उनी क्याडेटहरुलाई बन्दुक, ग्रिडेन र ट्यांकप्रतिरोधी हतियारबारे तालिम दिने गर्थे। जसका कारण उनी लगातार विस्फोटको नजिक परिरहनुपरेथ्यो।
गोली प्रहारको घटनाअघि उनले अस्वाभाविक व्यवहार देखाएको भन्दै त्यसमा मस्तिष्कको चोट जिम्मेवार हुनसक्ने भन्दै परीक्षण गरिएको हो।
उनलाई मानसिक समस्या देखिएपछि मानसिक अस्पतालमा दुई साता भर्ना समेत गरिएको थियो।
१८ जनाको संहारपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया