फरार ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन्।
विष खाएका कारण उनलाई अस्पताल लगिएको अनुमान गरिएको छ। तर पाकिस्तानले यसको आधिकारिक पुष्टि गरेको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार दाउदलाई अस्पतालभित्र कडा सुरक्षा घेरामा राखिएको छ।
सन् १९९३ को मुम्बई बम विस्फोटका ‘मास्टरमाइन्ड’ र भारतको ‘मोस्टवान्टेड’ दाउद दशकौँदेखि पाकिस्तानमा रहेको बताइएको छ। उक्त बम विस्फोटमा २५० भन्दा बढी मानिस मारिएका थिए भने कैयौँ घाइते भएका थिए।
1.4k
Shares
प्रतिक्रिया