ad ad

ग्लोबल


भारतमा कोरोनाको नयाँ भेरिएन्ट, केरल र उत्तर प्रदेशमा ५ जनाको मृत्यु

भारतमा कोरोनाको नयाँ भेरिएन्ट, केरल र उत्तर प्रदेशमा ५ जनाको मृत्यु

नेपालखबर
पुस २, २०८० सोमबार १४:३५, काठमाडौँ

भारतमा कोरोना भाइरस फेरि फेलिन थालेको छ। त्यहाँ पछिल्लो एक (शनिबार) दिनमै ५ जनाको मृत्यु भएको छ। 

भारतको दक्षिणी राज्य केरलमा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान भेटिएको छ।

भारतमा आइतबार मात्रै ३३५ जना नयाँ कोभिड संक्रमित भेटिएका छन्। अहिले पनि त्यहाँ सक्रिय संक्रमितको संख्या १७ सय एक रहेको छ।

कोभिड १९ विस्तारै उकालो लाग्न थालेपछि भारत सरकारले नागरिकलाई सचेत गराएको छ। केरलमा कोभिडको नयाँ सब भेरिएन्ट जेएन डट वान भेटिएको छ। यसबाट गत १७ डिसेम्बरमा चारजनाको ज्यान गएको छ। 

अर्कातिर नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोभिडबाट शनिबार एकजना संक्रमितको ज्यान गएको छ। तर उनी कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित भए-नभएको खुलेको छैन।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतबार ३३५ नयाँ संक्रमित थपिएका छन्। जसबाट त्यहाँ सक्रिय संक्रमित विस्तारै बढेर १७०१ भएको छ। 

नयाँ सब-भेरिएन्ट जेएन डट वानलाई लिएर कर्नाटक सरकारले चेतावनी जारी गरेको छ। अर्कातिर केरलमा स्वास्थ्य मन्त्री विना जार्जले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै निरन्तर अनुगमन भइरहेको उल्लेख गरेका छन्।

केरलमा अहिले पनि १ हजार ३२४ संक्रमितको उपचार भइरहेको छ। शनिबार मात्रै त्यहाँ चारजनाको ज्यान गइसकेको छ। 

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदका महानिर्देशक डा. राजीव बहलका अनुसार यो मामिला ८ डिसेम्बरका दिन केरलको तिरुवनन्तपुरमबाट आएको हो। 

त्यसबेला एकजना ७९ वर्षीय महिलालाई कोभिड पुष्टि भएको थियो। ती महिलाले इन्फ्लुएन्जा जस्तो बिरामीको हल्का लक्षण रहेको बताएकी थिइन्। तर उनी उपचारपछि निको भइसकेकी छन्। 

भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख मानिसको मृत्यु भइसकेको छ। अहिलेसम्म भारतमा कोरोना संक्रिमतको संख्या ४० करोड ५० लाख नाघेको छ। 

यसबाट निको हुनेको संख्या ४० करोड ४४ लाख ६९ हजार ७९९ छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेको दर ९८.८१ प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .