ad ad

ग्लोबल


पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजनको प्रसारण

पोल्यान्डका नयाँ प्रधानमन्त्रीले बन्द गराए सरकारी टेलिभिजनको प्रसारण

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:३५,

पोल्यान्डका नयाँ प्रधानमन्त्री डोनाल्ड टस्कको  सरकारले सरकारी टेलिभिजनको प्रसारण बन्द गराएको छ। सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिकरणबाट मुक्त गर्ने भन्दै उनको सरकारले यो कदम चालेको हो।

संसदले मंगलबार स्वतन्त्र र बहुलवादी सरकारी टीभी र रेडियो हुनुपर्ने भन्दै एक संकल्प प्रस्ताव पारित गरेको थियो।

नयाँ संस्कृतिमन्त्रीले सो टेलिभिजन र रेडियोका प्रमुखहरुलाई बर्खास्त गरेका छन्।

पोल्यान्डका सरकारी रेडियो र टीभी यसअघि सत्तामा रहेको ल एन्ड जस्टिस पार्टीको प्रचार संयन्त्रसरह बनेको थियो।

पोल्यान्डमा सरकारी सञ्चारमाध्यम महत्वपूर्ण मानिन्छन्। किनभने एक तिहाइ जनसंख्याको सरकारीबाहेक अन्य सञ्चारमाध्यममा पहुँच छैन।

सो दलले सरकारको यो कदमको विरोध गरेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .