ad ad

ग्लोबल


हमासले भन्यो : युद्ध अन्त्य गर्न इजरायल सहमत नहुञ्जेल बन्धक छुट्दैनन्

हमासले भन्यो : युद्ध अन्त्य गर्न इजरायल सहमत नहुञ्जेल बन्धक छुट्दैनन्

नेपालखबर
पुस ५, २०८० बिहिबार १९:१३,

गाजामा युद्ध समाप्त गर्न इजरायल सहमत नभइन्जेल थप बन्धक रिहा नगर्ने हमासले जनाएको छ।

‘आक्रमण नरोकिउन्जेल कैदी साटफेरका विषयमा वार्ता नगर्ने निर्णय भएको छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ।

युद्धविरामका लागि अहिले प्रयास भइरहेको छ। इजिप्टको कायरोमा मध्यस्थकर्ताहरुले युद्ध रोक्न प्रयास गरिरहेका छन्। तर, बुधबारको सुरुवाती वार्ता असफल भएको छ।

हमासले ती वार्ताहरुमा अस्थायी युद्धविरामका लागि आफूहरु सहमत नहुने बताएको छ।

नोभेम्बर अन्त्यमा गरिएको ६ दिने युद्धविराममा १०५ इजरायली बन्धकलाई हमासले रिहा गरेको थियो।

अहिले हमाससँग करिब १२० बन्धक छन्।

स्थायी युद्धविरामका प्रस्तावहरुलाई इजरायलले अस्वीकार गर्दै आएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .