ad ad

ग्लोबल


राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म ६ हजार किमि लामो भारत न्याय यात्रा गर्ने

राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म ६ हजार किमि लामो भारत न्याय यात्रा गर्ने

नेपालखबर
पुस ११, २०८० बुधबार १४:६,

भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म १४ राज्यमा भारत न्याय यात्रा गर्ने भएका छन्। 

जनवरी १४ बाट सुरु हुने सो यात्रा मार्च २० सम्म चल्नेछ।

सो क्रममा ६ हजार २ सय किमि दुरी पार गरिनेछ। यात्राको अधिकांश हिस्सा बसमा र केही स्थानमा पैदलयात्रा गरिने बताइएको छ। 

यात्राका क्रममा गान्धी पार्टी नेताहरुसहित मणिपुर, नागाल्यान्ड, असम, मेघालय, पश्चिम बंगाल, बिहार, झारखण्ड, उडिसा, छत्तिसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्र पुग्नेछन्।

जनवरी १४ मा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सो यात्रा उद्घाटन गर्नेछन्।

यसअघि गान्धीले भारत जोडो यात्रा गरेका थिए। जसमा उनले आर्थिक असमानता, सामाजिक ध्रुवीकरण, तानाशाही सरकारलगायतका मुद्दामा आवाज उठाएका थिए। यसले भारतमा उनको छविमा ठूलो सुधार ल्याएको विश्लेषण गरिएको थियो।

न्याय यात्रामा उनले आर्थिक, सामाजिक र राजनीतिक अन्यायका विषयमा आवाज उठाउने बताइएको छ।

‘भारत जोडो यात्रामा एकता, प्रेम र सद्भावको सन्देश फैलाइसकेपछि गान्धीले अब मुलुकका जनताका लागि न्यायको खोजी गर्नेछन्,’ कंग्रेस नेता केसी वेनुगोपालले भनेका छन्।

यात्राका क्रममा महिला, युवा र सीमान्तकृत समुदायसँग अन्तर्क्रिया हुने उनले बताए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .