ad ad

ग्लोबल


अमेरिकी रक्षामन्त्री आईसीयूमा भर्ना भएको खबर ३ दिनसम्म थाहा पाएनन् बाइडेनले

अमेरिकी रक्षामन्त्री आईसीयूमा भर्ना भएको खबर ३ दिनसम्म थाहा पाएनन् बाइडेनले

नेपालखबर
पुस २२, २०८० आइतबार १३:३७,

अमेरिकी रक्षामन्त्ती लोइड अस्टिन बिरामी परेर अस्पताल भर्ना भएको खबर राष्ट्रपति जो बाइडेन र उनको कार्यालयले तीन दिनसम्म थाहा नपाएको सार्वजनिक भएको छ।

७० वर्षीय अस्टिन एक सर्जरीपछि जटिलता उत्पन्न भएर गत सोमबार वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना भएका थिए। उनले चार दिन आईसीयूमा बिताएका थिए।

यसबारे ह्वाइटहाउसलाई बिहीबार बिहानसम्म सूचना नदिइएको अमेरिकी सञ्चारमाध्यमहरुले एक अधिकारीलाई उद्धृत गर्दै बताए।

मन्त्री अस्टिनले सूचना नदिइएको विषयको जिम्मेवारी लिएका छन्। उनले आइन्दा यस्तो नगर्ने पनि बताए।

रिपब्लिकन पार्टीले यो अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। यो घटनाबाट ‘चेन अफ कमान्ड’  भंग भएको हुनसक्ने भन्दै कतिपय सांसदले आपत्ति जनाएका छन्।

अमेरिकी सेनाको ‘चेन अफ कमान्ड’ मा रक्षामन्त्री राष्ट्रपतिको ठिक मुनि हुने गर्छन्।

उनी अझै अस्पतालमा भएको बताइन्छ। यद्यपि उनले शुक्रबारदेखि आफ्नो ड्युटी सुरु गरेको रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार उपरक्षामन्त्री क्याथलिन हिक्सले अस्टिनको जिम्मेवारी पूरा गर्न सघाएकी थिइन्।

बाइडेनले भने अस्टिनसँग शनिबार मात्र कुराकानी गरेका थिए।

अस्टिन अवकाशप्राप्त चारतारे जर्नेल हुन्। २०२० मा रक्षामन्त्री बनेका उनी सो पदमा पुग्ने पहिलो अफ्रिकी–अमेरिकी पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .