ad ad

ग्लोबल


पाकिस्तानमा इरानको क्षेप्यास्त्र आक्रमण, दुई बालबालिकाको मृत्यु

पाकिस्तानमा इरानको क्षेप्यास्त्र आक्रमण, दुई बालबालिकाको मृत्यु

नेपालखबर
माघ ३, २०८० बुधबार १२:३८,

इरानको आक्रमणमा परी आफ्ना दुई बालबालिकाको मृत्यु भएको र तीन जना अन्य घाइते भएको पाकिस्तानले जनाएको छ। 

इरानले भने जैस अल अदल नामक लडाकु समूहको दुई शिविरमा आक्रमण गरिएको बताइएको छ। 

तर, पाकिस्तानले सो आरोपको खण्डन गरेको छ। इरानी आक्रमण अवैध भएको र त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी पाकिस्तानले दिएको छ।

इराक र सिरियापछि केही दिनभित्रै इरानी आक्रमण भएको पाकिस्तान तेस्रो मुलुक हो। मंगलबारको आक्रमण अभूतपूर्व भएको बताइएको छ।

यसअघि सोमबार इरानले उत्तरी इराकको इरबिलमा आक्रमण गरेको थियो, जसको अमेरिकाले भर्त्सना गरेको थियो।

इरानसँगको सीमा क्षेत्रमा अवस्थित बलुचिस्तान प्रान्तमा सो आक्रमण भएको बताइएको छ।

सो आक्रमण अस्वीकार्य भएको भन्दै पाकिस्तानी विदेश मन्त्रालयले कडा शब्दमा इरानको निन्दा गरेको छ।

गाजा युद्धका कारण पश्चिम एसियामा तनाव चर्किरहेका बेला इरानले सो आक्रमण गरेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .