हेलिकोप्टर चढेर कन्सर्ट हेर्न गएपछि फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।
शुक्रबार उनी पत्नीसहित राष्ट्रपतिको हेलिकोप्टर चढेर बेलायती रक ब्यान्ड कोल्डप्लेको कन्सर्ट हेर्न राजधानी मनिलाबाट ३० किमि टाढाको फिलिपिन एरेना पुगेका थिए।
उनले सरकारी स्रोतको दुरुपयोग गरेको आरोप आलोचकहरुले लगाएका छन्।
तर, राष्ट्रपतिको कार्यालयले ट्राफिकका कारण हेलिकोप्टर चढिएको भन्दै सोको बचाउ गरेको छ। उनका सुरक्षा प्रमुख ब्रिगेडियर जनरल जिसस नेल्सन मोरालेसले कन्सर्ट हेर्न पुगेका दर्शकहरुका कारण ट्राफिक जाम भएकाले हेलिकोप्टर प्रयोग गरेको बताएका छन्।
मार्कोस जुनियर र प्रथम महिला लिजा आरानेता मार्कोसको जोडी कन्सर्टमा पुगेको फोटो र भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि उनीहरुको आलोचना सुरु भएको थियो। एजेन्सी
27
Shares
प्रतिक्रिया