ad ad

ग्लोबल


ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा लगाइएको छ रोक

ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा लगाइएको छ रोक

नेपालखबर
माघ १५, २०८० सोमबार १९:२, काठमाडौँ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गर्नुभएको छ। 

‘तपाईं कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुस् उनीहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिबारे कुरा गर्नेछन्’, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, ‘यो सही हो कि हामी यसमाथि रोक लगाउन कडा कदम चाल्दैछौँ, पसलहरूमा प्रदर्शित गरिने स्वाद, उपस्थिति, प्याकेजिङ डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउँदैछौँ, बच्चाहरूले भेपिङ गर्नु हुँदैन।’

‘पफ्स’ पनि भनेर चिनिने पहिला नै भरिएको डिस्पोजेबल ई–चुरोट युवाहरूमा लोकप्रियछ। यसमा निकोटिनको मात्रा धेरै हुनसक्छ, यो विभिन्न स्वादमा आउँछ र सस्तो हुन्छ। 

सरकारले हालैको आँकडा उद्धृत गर्दै पछिल्लो दुई वर्षमा डिस्पोजेबल भेपको प्रयोग गर्ने १८ वर्षभन्दा कम उमेरका भेपरहरूको अनुपात करिब नौ गुणाले बढेको जनाएको छ। 

सुनकको सरकारले इङ्गल्यान्ड र वेल्समा बच्चाहरूलाई अवैधरूपमा भेप बिक्री गर्ने पसलहरूमाथि जरिवाना लगाउने योजनासमेत बनाइरहेको छ। 

स्वास्थ्य विशेषज्ञहरूले सरकारको प्रस्तावको स्वागत गरेका छन्। मुख्य चिकित्सा अधिकारी क्रिस ह्विट्टीले उक्त कानूनले भविष्यका पुस्ताहरूमा ठूलो जनस्वास्थ्य प्रभाव पार्ने बताए।

रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका माइक म्याककेनले उक्त कदमको प्रशंसा गर्दै ‘साहसिक कदम’ भने। ‘डिस्पोजेबलमाथि प्रतिबन्ध लगाउनु सही दिशामा एउटा सार्थक कदम रहेको उनले बताए।

प्रधानमन्त्री सुनकले गत वर्ष बेलायतलाई धूम्रपानमुक्त मुलुक बनाउने योजना घोषणा गरेका थिए।

उनको प्रस्तावअनुसार प्रभावकारीरूपमा प्रत्येक वर्ष धूम्रपानको उमेरमा एक वर्ष बढाएर सम्पूर्ण जनसङ्ख्यामा लागु नभएसम्म सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कुनै पनि व्यक्तिका लागि सुर्तीजन्य उत्पादन बिक्री गर्नु अपराध ठहर्छ।

‘म प्रस्ताव गर्छु, हामी प्रत्येक वर्ष धुमपानको उमेर एक वर्ष बढाउनेछौँ, यसको अर्थ आज १४ वर्षको बच्चाले कहिले पनि कानूनीरूपमा चुरोट बेच्ने छैन, उनीहरू र उनीहरूका पुस्ता धुमपानमुक्त हुनसक्छन्’, अक्टोबरको आफ्नो कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनमा उनले भने। 

हाल इङ्गल्यान्ड र वेल्समा सुर्तीजन्य उत्पादनको खरिद गर्ने उमेर १८ वर्षको छ। प्रधानमन्त्री सुनकका अनुसार प्रत्येक मिनेट अस्पतालमा भर्ना हुनका लागि धूम्रपान जिम्मेबार छ। 

यद्यपि उनले भेपमाथि पूर्ण प्रतिबन्ध लगाउन जोड दिनुभएन र यसलाई ‘रोक्न चाहने वयस्क धूम्रपान गर्नेहरूका लागि’ राख्नु महत्त्वपूर्ण हुने तर्क दिए।

यद्यपि केही टोरीले धूम्रपानलाई चरणबद्धरूपमा बन्द गर्ने प्रधानमन्त्री सुनकको प्रयासको विरोध गरिरहेका छन्। विरोध गर्नेमा पूर्वप्रधानमन्त्री लिज ट्रस पनि छन्। 

उनले यसलाई ‘नानी (बालबच्चाको हेरचाह गर्ने) राज्य’ विस्तार भन्दै सरकारले सुर्तीजन्य बिक्रीमाथिको प्रतिबन्धका लागि आफ्नो अत्यन्तै अपरम्पतारगत योजनाहरू त्याग्नुपर्ने बताए। 

बेलायतको यो घोषणा डिसेम्बरमा एकल–प्रयोग ई–चुरोटमाथि प्रतिबन्ध लगाउनका लागि फ्रान्सेली संसद्को सर्वसम्मत भोटपछि आएको हो।

यद्यपि कानूनले फ्रान्सको माथिल्लो सदन सिनेटबाट समर्थन र युरोपेली युनियन (इयु) बाट अनुमति लिन आवश्यक छ। 

बेल्जियमले प्रतिबन्धका लागि इयुको अनुमतिको प्रतीक्षा गरिरहेका बेला जर्मनीले पनि ई–चुरोटमाथि प्रतिबन्ध लगाउने मनसायको सङ्केत दिएको छ। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबै भेपको बिक्री वर्तमानमा ३० भन्दा बढी मुलुकमा प्रतिबन्धित छ। कानुनमार्फत ७९ मुलुकले ई–चुरोटको बिक्रीमाथि नियमन गरेका छन् भने ८४ मुलुकमा कुनै प्रतिबन्ध वा नियम छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .