ad ad

ग्लोबल


पूर्वपतिले मुद्दा दिएपछि बुशराले ७ वर्षअघि इमरान खानसँग गरेको विवाह रद्द, ७ वर्ष कैद

पूर्वपतिले मुद्दा दिएपछि बुशराले ७ वर्षअघि इमरान खानसँग गरेको विवाह रद्द, ७ वर्ष कैद

नेपालखबर
माघ २१, २०८० आइतबार ७:३३, काठमाडौँ

पाकिस्तानको एक अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको सात वर्ष लामो वैवाहिक सम्बन्ध अवैधानिक भएको ठहर गरेको छ।

अदालतको हालैको फैसलाले इमरान खान र बुशरा बिबीको सन् २०१८ मा भएको विवाह गैरइस्लामिक र गैरकानुनी भएको ठहर गरेको हो। यस मुद्दामा दुवैलाई ७/७ वर्षको जेल सजाय पनि अदालतले सुनाएको छ।

बुशरा बिबीका पूर्वपतिले इमरान खानविरुद्ध मुद्दा दायर गरेका थिए। उनले इमरानसँग बुशराको विवाह धोका दिएर भएको बताएका थिए। 

इस्लामिक कानुनअनुसार महिलाहरूलाई पतिको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिनासम्म विवाह गर्न निषेध छ। अदालतले बुशरा बिबी र इमरान खानको विवाह यो अवधि समाप्त हुनुअघि नै भएको ठहर गरेको छ।

इमरान खान यसअघि नै भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका छन्।

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदै छ। क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खान जेलमा छन्।

खानले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्र भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .