अब क्यानडाले इजरायललाई हतियार नबेच्ने भएको छ। संसदमा यससम्बन्धमा मतदानपछि यस्तो निर्णय भएको हो।
विदेशमन्त्री मेलानी जोलीले भविष्यमा उनको सरकारले इजरायललाई हतियार नबेच्ने बताइन्।
विभिन्न दलहरुले इजरायललाई हतियार बिक्री रोक्न माग गर्दै प्रस्ताव ल्याएपछि त्यसमा मतदान भएको थियो।
जसको पक्षमा २०४ मत परेको थियो भने विपक्षमा ११७।
पारित भएको सो प्रस्तावमा प्यालेस्टाइन राज्य स्थापनाका लागि काम गर्न सरकारलाई निर्देशन समेत दिइएको छ।
पछिल्लो समय प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि गाजामा इजरायली आक्रमणको आलोचना गर्दै आएका छन्।
पछिल्लो कदमले गाजामा इजरायलको नरसंहारकारी युद्धमा क्यानडाको मिलेमतो अन्त्य गर्नेतर्फको सानो कदम भएको क्यानेडियन्स फर जस्टिस एन्ड पिस इन द मिडल इस्ट नामक समूहले बताएको छ। एजेन्सी
45
Shares
प्रतिक्रिया