भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ। मौसमका कारण भन्दै उनले भ्रमण रोकेका हुन्।
मार्च २१–२२ मा उनले भुटानको राजकीय भ्रमण गर्ने तय थियो।
पारो विमानस्थलको प्रतिकूल मौसमका कारण दुवै पक्षको सहमतिमा भ्रमण पछि सारिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
गत साता दिल्ली पुगेका भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले मोदीको भ्रमणको घोषणा गरेका थिए।
‘हामीले भुटान र भारतबीाचको सम्बन्ध सुदृढीकरणका लागि अनेकौँ विषयमा छलफल गर्यौँ। प्रधानमन्त्री मोदीजी चाँडै भुटान भ्रमणका लागि सहमत हुनुभएको छ, खासमा अर्को साता,’ मोदीसँगको भेटपछि तोब्गेले बताएका थिए।
चुनाव नजिकै आइसकेकाले मोदीको यो कार्यकालको अन्तिम विदेश भ्रमण मानिएको थियो। एजेन्सी
132
Shares
प्रतिक्रिया