अमेरिकामा चार विद्यार्थीको ज्यान जानेगरी गोली चलाएका किशोरका बाबु र आमालाई जेल सजाय सुनाइएको छ।
१५ वर्षीय इथन क्रम्बलीले अक्सफोर्ड हाइस्कुलमा सेमी अटोमेटिक बन्दुकले गोली चलाउँदा चार विद्यार्थीको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।
उनका बाबुआमा जेम्स र जेनिफर क्रम्बलीविरुद्ध मंगलबार क्रमश: १० र १५ वर्षको जेल सजाय सुनाइएको हो।
सजाय घोषणा हुँदा उनीहरू दुवै अदालतमा उपस्थित थिए।
दुवै जनाले छोराले गरेको बन्दुक आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। एउटा ऐतिहासिक मुद्दामा न्यायाधीशले इथन क्रम्बलीका आमाबाबुलाई छोराले गरेको हत्याका लागि अनैच्छिक रूपमा दोषी ठहर्याए।
न्यायाधीश शेरिल म्याथ्युजले आमाबाबुलाई दिइएका १० र १५ वर्षको जेल सजाले भविष्यमा यस्ता घटना हुन नदिने बताए।
अभियोजन पक्षले बालकका आमाबुवाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएका थिए। साथै सन् २०२१ मा आक्रमणका लागि किशाेरले प्रयोग गरेको बन्दुक पनि उनका अभिभावकले किनेका थिए।
हाल ती किशोर गैरप्यारोलको सजायमा जेलमा छन्।
Shares
प्रतिक्रिया