सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ।
सरकारी अनुदानमा सञ्चालित अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ।
सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार भएका थिए। जसमध्ये ७५ जना महिला थिए।
७५ महिलाहरूमध्ये ३४ वा ४५.३ प्रतिशत वर्तमान वा भूतपूर्व पुरुष घनिष्ठ साथीद्वारा मारिएका थिए। जुन अघिल्लो १२ महिनामा २६ भन्दा बढी थियो। २०२२–२३ मा पुरुषहरूद्वारा कुल ६० महिलाको हत्या भएको थियो।
प्रतिवेदनले २०२१–२२ मा प्रति १० लाख व्यक्तिमा ०.२५ हत्या भएकोमा महिला पीडित संलग्न घनिष्ठ साझेदार हत्याको दर २८ प्रतिशतले बढेर २०२२–२३ मा ०.३२ पुगेको देखाएको छ।
हजारौँ अस्ट्रेलियालीहरू लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशभर विरोध प्रदर्शनमा सामेल भएपछि यो प्रतिवेदन प्रकाशित भएको हो। एड्भोकेसी ग्रुप डिस्ट्रो द जोइन्टका अनुसार २०२४ मा अस्ट्रेलियामा अहिलेसम्म २७ जना महिलाको हिंसात्मक मृत्यु भएको छ।
जसले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई महिला बिरुद्धको हिंसालाई राष्ट्रिय संकट घोषणा गर्न प्रेरित गरेको छ।
Shares
प्रतिक्रिया