भारतमा महिनाको १५ हजार रुपैयाँ (भारतीय) तलब खाने एक व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटिएको छ।
प्रवर्तन निर्देशनालय (ईडी) ले राँचीमा छापा मार्ने क्रममा झारखन्ड सरकारका मन्त्री आलमगिर आलको निजी सचिवका नोकरको घरमा ३० करोड भारु फेला पारेको हो।
सोही घरमा अर्को एक स्थानबाट पनि ३ करोड भारु बरामद भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा आलमगीर आलमको पनि नाम आएको थियो।
आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरूको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो। सोही आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको हो।
१० हजार भारु घुस लिएको घटनामा छापा मार्दा त्यति धेरै रकम भेटिएको हो।
हेर्नुहोस् भिडिओ–
#WATCH | The Enforcement Directorate is conducting raids at multiple locations in Ranchi. Huge amount of cash recovered from household help of Sanjiv Lal - PS to Jharkhand Rural Development minister Alamgir Alam, in Virendra Ram case.
— ANI (@ANI) May 6, 2024
ED arrested Virendra K. Ram, the chief… pic.twitter.com/VTpUKBOPE7
Shares
प्रतिक्रिया