भारतीय राज्य तमिलनाडुको शिवकाशीमा रहेको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा पाँच महिला छन्।
समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडिओमा पटाका कारखाना जलेर खरानी भएको देख्न सकिन्छ।
दमकलका कर्मचारीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा परी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ।
36
Shares
प्रतिक्रिया