इजरायली सेनाले उत्तरी गाजाको जबलियामा सुरक्षा बलले तीन जना बन्धकको शव फेला पारेको जनाएको छ।
शव फेला पर्नेमा शनि लुके, अमित बुस्किला र इत्जाक छन्।
इजरायली रक्षा बलले यी मानिसलाई अक्टोबर ८ मा मारिएको थियो र गाजा लगिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। जसमा १२ सय मानिस मारिएका थिए।
त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए।
जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन्।
तीन जनाको शव फेला परेकामध्ये एक जर्मनीकी शानि लुक हुन्।
1.3k
Shares
प्रतिक्रिया