ad ad

ग्लोबल


१८३ जना लिएर उडेको एयर इन्डिया एक्सप्रेसको विमानमा एक्कासि आगो लागेपछि...

१८३ जना लिएर उडेको एयर इन्डिया एक्सप्रेसको विमानमा एक्कासि आगो लागेपछि...

फाइल फाेटाे


नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:५२, काठमाडौँ

भारतको बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानको इन्जिनमा आगलागी भएपछि शनिबार राति आपत्‌कालीन अवतरण गर्नुपरेको छ। 

विमानमा सवार यात्रुहरूले दाहिने इन्जिनबाट धुवाँ निस्किएको देखेपछि विमान अवतरण गराइएको हो। 

१७७ यात्रु र ६ जना चालक दलका सदस्य रहेको उडान नम्बर आईएक्स ११३२ राति ११ः१२ बजे केम्पेगौडा विमानस्थलमा अवतरण  गरेको हो। 

सो क्रममा विमानस्थल प्राधिकरणले आपतकाल घोषणा गरेको थियो। विमानस्थलका अधिकारीहरूका अनुसार विमान अवतरण गरेको केही मिनेटमै आगो निभाइएको थियो।

विज्ञप्ति निकालेर एयर इन्डियाले भन्यो, ‘कुनै यात्रु घाइते भएनन्, चालक दलका सदस्य सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भइयो।  यात्रुहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’ 

आइतबार बिहानको उडानमा १२२ यात्रुलाई कोची पठाइएको एयरलाइन्सलाई उधृत गर्दै बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .